चैत ४, दैलेख ।
योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य दल बहादुर बस्नेत (कोशेली) माथी सांघातिक आक्रमण भएकाे छ । तरुण दलका जिल्ला अध्यक्ष लालबहादुर चन्दले पुर्व जनमुक्ति सेनाका कमान्डर समेत रहेका काेशेली माथी गालि गलौज सहित आक्रमण गरि हात भाँचिदिएका छन् । सुर्खेतदेखि उपचार गरेर घर फर्किने क्रममा रहेका काेशेलीमाथी मदिरा सेवन गरि बसेका चन्दले आर्कमण गरेकाे भन्दै वाइसिएल दैलेखका इन्चार्ज गोपाल वहादुर वुढाले विज्ञप्तीमार्फत दोषीलाई कडा कारवाही गर्न माग गरेका छन।
विज्ञप्तीमा भनिएकाे छ ‘स्थानिय लालबहादुर चन्दको समुहले गरेको आक्रमणको घोर भत्र्सना गर्दै सत्यतथ्य छानविन गरी दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नुका साथै पिडितलाई न्याय दिलाइयाेस” ।
काेशेलीको जिल्ला अस्पताल दैलेखमा उपचारपछि थप उपचारका लागि सुर्खेत लगिएको छ । सल्लेरीकै एक पसलमा मदिरा सेवन गरि साथिहरुसँग बसेका चन्दले सुरुमा निहुँ खोज्दै माओवादी चोर, योजनाहरुमा कांग्रेसलाई सहभागी नगराउने भन्ने आरोप लगाएको पिडित काेशेलीले बताए । त्यसको खण्डन गर्न खोज्दा चन्दले आक्रमण गरेर हात भाँचिदिएको पिडित उनले बताएका छन् ।
यता तरुण दल दैलखका अध्यक्ष चन्दले आफुसँग कुनै किसिमको झगडा नभएको प्रतिक्रिया दिएका छन् । “हामीसँग सामान्य कुरा भएपछि उहाँ मोटरसाईकल चढेर जानुभयो । केहि अगाडी गैसकेपछि मोटरसाईकल दुर्घटना भएर हात भाँचिएको हुन सक्छ’ अध्यक्ष चन्दले भने ।