भक्तपुर घटनाः ‘श्रीमती र छोराको हत्यापछि आत्महत्या’

गज्जब नेपाल
२०७७ भाद्र २८, आईतवार

 

२८भाद्र २०७७,

दैलेख– भक्तपुरको मध्यपुर थिमीमा घरभित्रै बुवा, आमा र छोराको शव भेटिएको घटना प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

शुक्रवार साँझ ५ बजो भक्तपुरस्थित मध्यपुर थिमिमा घरभित्रै एकै परिवारका ३ जनाको शव भेटिएको थियो । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा भेटिएकोमा सदिपले श्रीमती र छोराको हत्या गरी विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जनाए ।

Next Post

इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेड पराजित लिभरपुलको सानदार सुरुवात

२०७७ भाद्र २८, आईतवार
भदौ २८, २०७७ आइतबार दैलेख–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ प्रवेश गरेको टिम लिड्स युनाइटेडलाई ४( ३ गोलले हराएको छ । लिभरपुलको जितका लागि मोहम्मद सलाहले ह्याट्रिक गरेका हुन । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे । लिड्सका ज्याक ह्यारिसन,प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एकरएक गोल फर्काए । लिभरपुलका […]