१८ कात्तिक, काठमाडौं ।
कागजात पुरा भएर काेराेना बिमाकाे दाबी गरेका सबैलाइ भुक्तानि दिन नियामक निकाय बिमा समितिले निर्देशन दिएकाे छ । समितिले सबै बिमा कम्पनीहरुलाई दावी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको हाे । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपछि समितिले यस्तो निर्देशन दिएको हो ।
कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले जानकारी दिए । कोरोना धेरैलाई लागेपछि भुक्तानी गर्न नसकिने भन्दै बिमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बिमा कम्पनीहरुले अर्बौको भुक्तानी नदिई अहिले रोकेर राखेका छन् । बिमा गरिसकेपछि भुक्तानी दिनैपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।
शुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ ।


