करेन्ट लागेर घाइते भएका परिवारलाई युवा क्लब द्वारा दश हजार सहयोग

केशबराज पाैडेल
२०८० जेष्ठ २६, शुक्रबार १८:१४

केशवराज पौडेल । २६ ,जेठ २०८० दैलेख

दैलेखको ठाटिकाध गाउँपालिकाका विधुतकाे करेन्ट लागि घाइते भएका डम्मर नेपालि लाई सृजनसिल युवा क्लबले नगद सहयोग गरेको छ ।

ठाँटिकाध गाउँपालिका वडा नम्बर ५निवासी नेउले दमाई काे माईलाे छाेरा डम्बर नेपाली २०७९ मंसिर ११गते ठाटिकाध गा.पा र आठविस न पा काे सिमाना सेउलेकाध नजिक बिद्धुतकाे करेन्टले गर्दा दुबै खुट्टा पूण रूपमा भाचिएका थिए । झन्डै ३ महिना प्रदेश अस्पताल कालागाउ सुर्खेत मा उपचार भई हाल बेड रेस्ट काे लागि डम्बर घरमा छन । ठाँटिकाध गाउँपालिका स्थित सिर्जनशील युवा क्लबले क्लबकाे २०८० जेठ २५ गतेको बैठककाे निणर्य अनुसार उनकाे आर्थिक अबस्था निकैनै कमजोर भएको हुनाले उपचार तथा दैनिकीमा केहि राहत मिलाेस भनि रू. १०,००० (दश हजार ) नगद क्लबका सचिब जिबन शाहि द्वारा उनकि श्रीमती निर्मला नेपाली लाई प्रदान गरिएको छ ।

अहिले उनको स्वास्थमा सुधार भईरहेकाे र क्लबको सहयोग पाउदा श्रीमती निर्मलाले खुसी व्यक्त गर्दै क्लब परिवारलाई धन्यवाद दिइन्। उनको घरमा सात जना सदस्य रहेका छन्। क्लबले समाजमा यस्ता सहयाेगार्थ क्रियाकलाप गर्दै आएको सिर्जनशील युवा क्लबका अध्यक्ष प्रकाश शाहीले जानकारी दिनुभयो।

Next Post

विद्यालयकाे आयाेजनामा ,विद्यार्थीकाे रकममा बाह्य प्रशिक्षक द्वारा अक्षर सुधार तालिम

२०८० जेष्ठ २६, शुक्रबार १८:१४
५ असार २०८० दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. १ मा अबस्थित हिमालय माध्यमिक विद्यालयमा ५ दिने अक्षर लेखन सुधार तालिम सुरु गरिएको छ । पालिका संगकाे कुनै समन्वय नभई अभियान टिमकाे सिधै सम्पर्क बाट विध्यालयकाे आयाेजनामा विध्यार्थीबाट शुल्क उठाएर बाह्य प्रशिक्षक द्वारा लेखन सुधार सुरु गरिएकाे छ ।कार्यक्रम यहि […]

याे पनि पढ्नुहाेस्